हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाले

काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गजेन्द्रबहादुर हमालले उद्योगमन्त्री पदबाट उद्योग मन्त्रालय नेतृत्वविहीन थियो । आजबाट प्रधानमन्त्री देउवाले उक्त जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् पाँचौं पटक हेरफेर

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए। कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) को सिफारिसमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो। आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले […]

सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । हमालले […]

उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी हुन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिमा मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।  मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा त्याे मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज साेमवार जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

हमालको राजीनामा पछि उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन्। मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योग मन्त्रालयको कार्यभार

विवादका कारण नियुक्तिको दुई दिनमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।  आज राष्ट्रपतिको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको बताएको छ ।  हमालले आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए ।  गत शुक्रवार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रश...