निर्वाचनको मिति घोषणा भएपछि संसदको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यसअघि अधिवक्ता उपाध्यायसहितले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता