के हो त मेटाभर्स ?

फेसबुकका सिइओ तथा संस्थापक जुकरबर्गले फेसबुक कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेसँगै हामी धेरैलाई किन नाम परिवर्तन गरेको होला ? के रहेछ यो मेटा ? भन्ने जिज्ञासा लागेको छ, जुन सामान्य नै हो । तर, कसैलाई नाम परिवर्तन हुने भएछ, ए होस् भन्ने पनि लाग्न सक्छ । नाम परिवर्तन त भएको हो, तर […]

सम्बन्धित सामग्री

मेटाभर्स फेलसँगै भीआर हेडसेटमा उच्च गिरावट

काठमाडौँ- डिजिटल संसारको अर्को आयामका रुपमा मानिएको मेटाभर्स चर्चा सेलाएसँगै भर्चुअल रियालिटी (भीआर) हेडसेटको बिक्रीमा उच्च गिरावट आएको छ। अन्तर्राष्ट्रिय मिडियाहरूमा केही समयदेखि मेटाभर्स परियोजना फेल भएको भन्दै समाचार संप्रेसण गर्न थालेका छन् । मेटाभर्स फेल भएको समाचार आएसँगै भीआर बिक्री उच्च गिरावट...

मेटाभर्स फेलसँगै भीआर हेडसेटमा उच्च गिरावट

काठमाडौँ- डिजिटल संसारको अर्को आयामका रुपमा मानिएको मेटाभर्स चर्चा सेलाएसँगै भर्चुअल रियालिटी (भीआर) हेडसेटको बिक्रीमा उच्च गिरावट आएको छ। अन्तर्राष्ट्रिय मिडियाहरूमा केही समयदेखि मेटाभर्स परियोजना फेल भएको भन्दै समाचार संप्रेसण गर्न थालेका छन् । मेटाभर्स फेल भएको समाचार आएसँगै भीआर बिक्री उच्च गिरावट...

मेटाभर्स के हो ?

काठमाडौँ - पछिल्लो केही महिनादेखि लगातार मेटाभर्सको चर्चा भइरहेको छ । गत वर्ष अक्टोबरमा मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको नाम मेटामा परिवर्तन गरेका थिए। कम्पनी 'रिब्रान्डिङ'का अवसरमा जुकरवर्गले मेटाभर्स नयाँ शब्द नभए पनि विश्वले हामीलाई मेटाभर्सको नामले चिन्नेछ भनेर उद्घोष गरेका थिए। मे...

मेटाभर्समा अब चुम्बन गर्न सकिने, हेडसेटले दिलाउनेछ पार्टनरको महसुस

फेसबुकका सीईओ मार्क जुकरबर्गले जब मेटाभर्सको घोषणासँगै फेसबुक कम्पनीको नामसमेत परिवर्तन गरी मेटा राखे सुरुमा त मेटाभर्स भनेको कुन दुनियाँ हो कसैलाई थाहा थिएन । तर अहिले चाहिं मेटाभर्समा बिहे भैरहेका छन्, मानिसहरु जग्गाजमिन खरिद बिक्री गरिरहेका छन् र म्युजिक कन्सर्ट पनि हुन थालेका छन् । भर्चुअल रियालिटीको संसार अर्थात् मेटाभर्स यत्तिमा मात्र सीमित हुने […]

बढ्दै छ मेटाभर्स माहोल

सन् २०२२ मा आइपुग्दा इन्टरनेट क्षेत्रमा ‘मेटाभर्स’ शब्द असाध्यै लोकप्रिय बनेको छ । सामान्य अनलाइन अन्तर्क्रिया वा गेमिङ–अनुभवको तुलनामा मेटाभर्स थप रोचक र बढी वास्तविक हुने भएकाले यसमा मानिसहरू दिन प्रतिदिन आकर्षित भइरहेका छन् । मेटाभर्सले प्रयोगकर्तालाई के–कसरी जोखिममा पार्न सक्छ भन्नेबारे पनि हरेक दिनजसो समाचार आउने गरेका छन् ।

यस्तो छ भारतको पहिलो मेटाभर्स विवाह

नयाँ दिल्ली– कोभिड १९ का कारण अहिले मानिसहरुले धमाधम विवाह रद्द गरिरहेका छन् । तर, भारतको एउटा जोडी भने नितान्तै नौलो ढंंगले वैवाहिक बन्धनमा बाँधिने घोषणा गरेको छ । तमिल नाडुका दिनेश शिवकुमार पद्मावती र जनगननधिनी रामाश्वामी मेटाभर्सका माध्यमबाट विवाह गर्न लागेका हुन् । महामारी बढेपछि राज्य सरकारले सरकारले बढीमा १०० जनालाई मात्र विवाहमा सहभागी […]

अबको भविष्यः मेटाभर्स

कल्पना गर्नुहोस् त तपाईंले म्यासेन्जरमा भिडियो कल मोबाईलको स्क्रीनमा होइन, वास्तविक दुनियाँमा आफैले भेटे जसरी बोल्दै हुनुहुन्छ । तपाईं क्रिकेट अथवा फुटबल प्रेमी हुनुहुन्छ र स्टेडियममा गएर खेल हेर्न पाउनु भएन भने पनि चिन्ता नलिनुहोस, अब तपाईंले घरमै बसेर स्टेडियमको रोमाञ्चक अनुभव गर्न सक्नुहुनेछ।  तपाईं फिल्म हेर्नुहुन्छ भने मेटाभर्समा तपाईं त्यो फिल्मको...

इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?

७ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले मेटाभर्सको विकासका लागि युरोपमा १० हजार कर्मचारी भर्ना गर्ने घोषणा हालै गरेको छ । मेटाभर्स एक अवधारणा हो, जसलाई धेरै मानिसहरुले इन्टरनेटको भविष्य पनि भनिरहेका छन् । आखिर वास्तवमा मेटाभर्स के हो त ? के हो मेटाभर्स ? आम मानिसहरुलाई लाग्न सक्दछ कि मेटाभर्स भनेको भर्चुअल रियालिटीकै […]

फेसबुकले समेत लगानी गरेको इन्टरनेटको भविष्य भनिएको प्रविधि 'मेटाभर्स' के हो?

प्रविधि कम्पनीहरू र विश्लेषकहरूले इन्टरनेटको अबको परिवर्तनकारी सोचका रूपमा मेटाभर्सलाई मानेका छन्। फेसबुकका मार्क जकरबर्ग र इपीक गेम्समा टीम स्वेनेजस्ता प्रविधिका चर्चित व्यक्तित्वहरूले मेटाभर्समा लगानी गरेका छन्।के हो त मेटाभर्स?आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूप जस्तो लाग्न सक्छ तर प्रविधिका केही व्यक्तिहरूका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो।सन् १९८० को दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।सबै खाले डिजिटल प्रविधिको दुनियाँमा छिर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गर्न सकिन्छ।अहिले भर्चुअल रियालिटी धेरै जसो कम्प्युटर गेम खेल्न प्रयोग गरिन्छ तर मेटाभर्समा त्यो उपकरण काम, खेल, कार्यक्रम, चलचित्र वा गफगाफ सबैका लागि प्रयोग गर्न सकिन्छ।धेरै मानिसहरूले यसलाई आफ्नै त्रिआयामिक प्रतिनिधित्व हुने पनि मान्छन्। कसरी मेटाभर्स चर्चित भयो त? प्रविधिमा समय-समयमा कुनै नयाँ सोचहरू चर्चित बन्छन् र केही समयपछि बिलाएर पनि जान्छन्।तर मेटाभर्सका बारेमा धनी लगानीकर्ताहरू र ठूला प्रविधि कम्पनीले रुचि देखाएका छन् र यो कतै इन्टरनेटको भविष्य बनिहाल्यो भने पछाडि पर्न कोही चाहँदैनन्।र अहिले सोच मात्रै भए पनि भर्चुअल रियालिटी र इन्टरनेटको गतिको विकासका कारण यो छिटै प्रविधिका रूपमा आउन सक्ने सम्भावना पनि छ।फेसबुक किन संलग्न छ ? मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेको कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने छैन। फेसबुकले मेटाभर्सको विकासलाई आफ्नो ठूलो प्राथमिकता रहेको बताएको छ।भर्चुअल रियालिटीमा ओकुलस उपकरणमा ठूलो लगानी गरेको फेसबुकले सो टाउकोमा लाउने उपकरण प्रतिस्पर्धीहरूभन्दा सस्तोमा बेचिरहेको छ।प्रतिस्पर्धी कम्पनीहरू नै किन्ने इतिहास रहेको फेसबुकले मेटाभर्स छिटै र कुनै एक कम्पनीले निर्माण गर्न नसक्ने बताउँदै अन्य प्रविधि कम्पनीसँग समन्वय गर्ने बताएको छ।फेसबुकले हालै मेटाभर्स जिम्मेवारीपूर्ण तरिकाले विकास गर्न सहयोग गर्न गैरनाफामूलक समूहहरूलाई पाँच करोड अमेरिकी डलर लगानी गरेको छ।फेसबुकले मेटाभर्सको विकास गर्न अर्को १० देखि १५ वर्ष लाग्ने बताएको छ।अरू कसले रुचि देखाएका छन्?फोर्टनाइट गेम बनाउने इपीक गेममा टीम स्वानेले पनि लामो समयदेखि मेटाभर्समा रुचि व्यक्त गरिरहेका छन्।धेरै जनाले खेल्न मिल्ने अनलाइन गेममा केही अंशहरू मेटाभर्सको सोचका रहेका छन्।हालै फोर्टनाइटले आफ्नो उत्पादनभित्रै साङ्गीतिक कार्यक्रम र अन्य कार्यक्रमहरू प्रवर्धन गरेको छ जसले धेरैलाई के कुरा सम्भव छ भन्ने सङ्केत दिएको छ र स्वानेको मेटाभर्सप्रतिको मोह देखाएको छ।रोबलक्सजस्ता अन्य गेमहरू पनि मेटाभर्सको सोचको वरपर रहेका छन्।त्रिआयामिक प्रविधि निर्माता युनिटीले हाम्रो विश्वको डिजिटल नक्कल बनाउन लगानी गरेको छ भने एनभिडिया नामक ग्राफिक्स कम्पनीले ओम्नीभर्स नामक त्रिआयामिक विश्वहरू जोड्ने प्रविधि विकास गरिरहेको बताएको छ।कम्प्युटर गेमको मात्रै कुरो हो त?होइन। कम्प्युटर गेमसँग धेरै कुरा मिल्ने भए पनि मेटाभर्सको मूल कुरा मानवको सामाजिक अन्तर्क्रिया नै हो।फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ।अर्को भीआरच्यान नामक एप साथीहरूसँग भेटघाट र गफ गर्न प्रयोग भइरहेको छ।उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।यस्तो प्रविधि छ र?हालैका वर्षहरूमा भर्चुअल रियालिटीको राम्रो विकास भएको छ। यसका उपकरणहरू परिष्कृत मात्रै भएका छैनन् ती बिस्तारै आम मानिसले प्रयोग पनि गर्न थालेका छन्।त्यस्तै फाइभजी प्रविधिको विकासले भर्चुअल विश्वहरू अझै परिष्कृत र पहुँचयोग्य हुन सक्छन्।तर अहिलेका लागि मेटाभर्स सुरुआती अवस्थामै छ। तर यदि मेटाभर्स कुनै तरिकाले विकास भयो भने अर्को दशक वा त्योभन्दा लामो समय ठूला प्रविधि कम्पनीहरूले यसका लागि ठूलो खर्च र प्रतिस्पर्धा गर्ने पक्का छ।

'मेटाभर्स' निर्माण गर्न फेसबुकले १० हजार कर्मचारी थप्दै, के हो 'मेटाभर्स' ?

फेसबुकले सोमवार १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ। युरोपियन युनियनमा 'मेटाभर्स' निर्माण गर्न फेसबुकले नयाँ कर्मचारी भर्ना गर्न लागेको हो। 'मेटाभर्स' इन्टरनेटको भर्चुअल रियालिटी भर्सन हो जसलाई टेक जायन्टहरुले इन्टरनेटको भविष्यको संज्ञा दिने गरेका छन्। फेसबुकका सीईओ मार्क जुकरबर्गले सिलिकन भ्यालीमा 'मेटाभर्स आइडिया'को नेतृत्व गरिरहेका छन्। मेटाभर्सले भौतिक…