कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]