२ पुस, काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वायुसेवा कम्पनीहरुका अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्चपदस्थ पदाधिकारीबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । […]