सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोर युक्रेनले अस्वीकार गर्‍याे

सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोर युक्रेनले अस्वीकार गरेको छ । रुसले राजधानी किएभ सहित चार वटा सहरमा अस्थायी युद्धविराम घोषणा गर्दै सर्वसाधारणकाे उद्धारको लागि ६ वटा करिडोर प्रस्ताव गरेको छ । तर प्रस्ताव गरिएका करिडोरमध्ये चार वटा करिडोर रुस वा बेलारुस जान मात्र प्रयोग गर्न सकिने भन्दै युक्रेनले अस्वीकार गरेको हो । युद्धमा बेलारुसले रुसलाई सहयोग गरिरहेको छ । युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले आफ्ना नागरिकलाई जानाजान बेलारुस वा रुस पठाउन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ । आक्रमण गरिरहेकै...