रुपन्देही । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नागपञ्चमीका दिन दुई बेग्लाबेग्लै विज्ञप्ति निकाले । उनीहरूको विज्ञप्तिमा विपरीत भाव थिए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक बिदा नभएको जानकारी गराएका थिए । उनीहरूमध्ये कसको विज्ञप्ति कार्यान्वयन हुन्छ […]