काठमाडौं : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।
सोमबार प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएपछि मतदान भएको थियो।
स्थायी राजधानी जनकपुरधामका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका मध्ये ७८ जना प्रदेशसभा सदस्यले जनकपुरधाममा मतदान गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।…