माओवादी विधान सम्मेलन : पदाधिकारीको संख्या र चयन प्रणालीमा दुईमत, हाउसले के गर्ला ?

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन आज (मंगलबार)देखि संघीय राजधानी काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्ष्यालयमा शुरु भएको छ। सम्मेलनमा केन्द्रीय पदाधिकारी तथा सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारी गरी एक हजारभन्दा बढीको उपस्थिति छ। तीन दिनसम्म चल्ने सम्मेलनले पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान–२