काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको तयारी पुरा भएको नेपाल भलिबल संघले जनाएको छ । १० देखि १६ असोजसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको समूह चरणको चार खेलमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । महिलातर्फको खेल १२ असोजदेखि शुरु हुनेछ […]