देउवालाई ३ उपप्रधानमन्त्री बनाउन दबाब

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनले मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने अडान लिएका छन् । तर, नेपाली काँग्रेस, नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवामाथि उपप्रधानमन्त्री बनाउन दबाब परेको छ । काँग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारमा लाने तयारी भएको छ […]