एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाकारी दियो ।