मरब क्याम्पसको बागवानी संकायका विद्यार्थी आन्दोलित

इलाम : लोक सेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब)का बागवानी संकायमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन्। लोकसेवा आयोगले लिने कृषिका विभिन्न विषयमा क्रेडिट आवर पुग्दा पनि समावेश हुन नपाउने भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। उनीहरुले कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोक सेवा सुनिश्चिता हुनुपर्ने, मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर गर