इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।
लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।