घोषणापत्रको 'मास्टरकपी'

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । विगत दुई सातामा अपवादबाहेक प्रायः राष्ट्रिय स्तरका दलका घोषणापत्र सार्वजनिक भइसकेका छन् । राजनीतिमा चासो राख्ने नागरिकको हिसाबले मैले स्वतन्त्र उम्मेदवारदेखि सानाठूला सबै दलका घोषणापत्र अध्ययन गरे । परन्तु, प्रायः राजनीतिक दलका घोषणापत्र पढ्दा तिनले मुलुकमा फेरि पनि समृद्धि दिन सक्दैनन् जस्तो लाग्छ । किनकि तिनले विगतकै घोषणापत्रमा पाँच–दश प्रतिशत थपघट गरी ल्याएका छन् ।