जीवन विकास लघुवित्तको आईपीओ : १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

असार १०, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।  कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ । यो पनि हेर्नुस् : १९ लाख ७७ हजार आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जीवन विकास लघुवित्तको वित्तीय अवस्था

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन

असार १४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्ममा १५ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमवार साँझ पाँच बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। जुन कम्पनीले विक्रीमा ल्याएको शेयरको १५ दशमलव शून्य ५ गुणा धेरै हो। गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो ।  कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।   यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जीवन विकास लघुवित्तको आईपीओमा पहिलो दिनमै ५ गुणाभन्दा बढी  आवेदन

असार ११, काठमाडौं । प्राथमिक बजारमा शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८४४ जना आवेदकबाट रू. ९४ करोड ७१ लाख २४ हजार बराबरको ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ पहिलो दिनमै विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । सो अवधिभित्र आवेदन नपरेको खण्डमा भने ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।