कथा : परदेशमा भेटिएकी बहिनी

‘दाइ यो तिहारमा म हजुरलाई टीका लगाउँछु है ? तपाईंको अनुहार बोलीचाली दुरुस्तै मेरो दाजुसँग मिल्छ । तपाईंलाई हेरेर त सुरुमा मेरो आँखाबाट आँसु आयो आफ्नै दाजु सम्झेर । यो विरानो मुलुकमा दाजुको रूपमा तपाईंलाई पाउँदा कति खुसी भाकी छु म ।’करिब ९ महिना पहिले धरानकी सन्ध्या बहिनीसँगको भेटमा उनले भनेकी थिइन् उक्त कुरा । म पनि खुसीले चार हात माथि उफ्रिएको थिएँ । दिदी बहिनीविहीन यो जलनलाई कसैले दाजु भनेर सम्बोधन गर्दा त आँखा रसाएर आउँथ्यो भने झन् टीका लगाउने बहिनीको आगमनले कम्ता खुसी बनाएन ।&nbs