आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना छ - बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग भएको टेलlफोन वार्तामा सम्भावित आक्रमणबारे बताउनुभएको बीबीसीले जनाएको छ ।युक्रेनको सीमामा पछिल्ला हप्तामा एक लाखभन्दा धेरै रुसी सेना तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ । रुसले भने आक्रमणको योजना नरहेको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले यदि रुसले हमला गरेमा अमेरिका र उसका समर्थ...