माघमा मुलुकमा महँगी बढ्यो, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत पुग्यो

काठमाडौं : माघमा मुलुकमा महँगी बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म ७.२६ प्रतिशत कायम थियो। यस्तै पोहोर माघमा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२…

सम्बन्धित सामग्री

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

काठमाडौं । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात दशमलव […]

काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ। विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ। बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ।

झिलीमिली तिहार : माटाका पाला बनाउने चटारो

हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन छ । पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको विशेष महत्त्व छ । तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ । दरबार भक्तपुर स्क्वायर, थिमी, बोलाछेँ, ब्यासीलगायत स्थानमा तिहारका लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहारको माहोल शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानका लागि प्रख्यात भक्तपुरका कुम्हाल समुदायका मानिस दिनरात पालासहितका सामान बनाउन व्यस्त छन् । एकजनाले राम्रोसँग काम गर्दा दिनमा १ हजार ओटासम्म पाला बनाउन सक्ने बताइन्छ । तिहारमा पाला बनाएर बेच्नेले ५०–६० हजारसम्म कमाउने गरेको सम्बद्ध व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला चार प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको १०० ओटाको २०० रुपैयाँ पर्छ । त्यस्तै त्यसभन्दा ठूलाको प्रतिगोटा क्रमशः १०, १५ र २० रुपैयाँ पर्दछ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको तीनओटाको ५ रुपैयाँ पर्छ । कतिपयले काँचो पालालाई चोखो मान्ने गरेको व्यवसायी बताउँछन् । पाला बनाउन झञ्झट हुने र कमाइ पनि तुलनात्मक रूपमा कम हुने भएकाले पछिल्लो समय यस समुदायका युवा पालाभन्दा अन्य सामग्री बनाउनेतर्फ आकर्षित हुन थालेका छन् । माटोको भाडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । एक पाला बनाउने अर्का व्यवसाय सञ्जय प्रजापतिका अनुसार पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै पनि हो । ‘महँगी दिनप्रतिदिन बढिरहेको छ, सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफैमाटो झिकेर ल्याउँथ्यौं, अहिले माटो उपत्यकामा नपाए दाङबाट ल्याउनुपर्ने बाध्यता छ । माटो खोज्दै उपत्यका बाहिर पुग्दा भाउ पनि स्वतः बढेको छ । तर विगत केही वर्षदेखि पालाको मूल्य बढ्न सकेको छैन । माटोको मूल्य बढ्दा पालाको मूल्य यथावत् रहँदा हामीले घाटा समेत बेहोर्नुपरेको छ,’ उनले भने । तर माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको उनको अनुभव छ । छिटो छरितो रूपमा माटोको भाँडा बनाउन हातले घुमाउनुपर्ने चक्रको सट्टा अहिले विद्युतीय चक्रको प्रयोग हुन थालेको छ । ‘पहिले–पहिले माटो खुट्टाले फुटाइन्थ्यो । अहिले त्यसका लागि मेशिन प्रयोग गरिन्छ, त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउनपथ्र्यो, तर अहिले मोटर प्रयोग गरिन्छ,’ प्रजापतिले भने । सबै चीज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम रोज्ने गरेका छन् । व्यवसायीका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ । तिहारमा मैनबत्ती बाल्ने प्रचलन पनि उत्तिकै छ । तर केही वर्षयता मैन भरेको पाला बाल्ने चलन पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत  पाला राम्रो मानिन्छ । यही कारण यसको माग बढेको सम्बद्ध व्यवसायी बताउँछन् । तिहारका लागि माटोका पाला, भिउँट, ठेकी, धुपौरो लगायत सामग्रीको माग समेत उच्च हुने गरेको छ । तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको कुम्हाले समुदाय बताउँछन् । समाज आधुनिकीकरणतर्फ उन्मुख हुँदै गए पनि कृत्रिम पालाले माटोको पालालाई विस्थापित गर्न नसकेको उनीहरूको भनाइ छ । तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्नेहरू पनि बढी हुन्छन् । ठूलो परिमाणमा चाहिने माटाका सामग्री किन्न काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाका मानिस समेत भक्तपुर पुग्ने गरेका छन् ।

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

काठमाडौं उपत्यकामा महँगी बढी

देशका अरू स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।