महोत्तरीमा घरेलु हिंसाका घटनामा वृद्धि

महोत्तरीमा घरेलु हिंसाका घटना ह्वात्तै बढेका छन् । कात्तिकदेखि पुस मसान्तसम्म २ सय १ वटा घरेलु हिंसाका घटनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जसमध्ये १२७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिंसाका घटना नै छन् । दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिला घरेलु हिंसाको सिकार बनेको प्रहरीको बुझाइ रहेको छ ।पुरुष हिंसाका घटना पनि हुँदै नभएका होइनन् । प्रहरीका अनुसार कात्तिकदेखि पुस मसान्तसम्म ७४ पुरुष हिंसाका ठाडो उजुरी परेका छन् । यो संख्य

सम्बन्धित सामग्री

कोरोना महमारीमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि

काठमाडौं। कोरोना महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ। नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ घरेलु हिंसाको घटनामा २१.२४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७/७८मा देशभर कुल १४ हजार २३२ वटा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी प्रहरीले दिएको छ। अघिल्लो वर्ष संख्या ११ हजार ७३८ रहेको थियो।

तनहुँमा घरेलु हिंसाका घटना वृद्धि

तनहुँमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांक अनुसार चार वर्षको अवधिमा प्रत्येक वर्ष घरेलु हिंसा वृद्धि हुँदै गएको देखिएको छ ।