अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले बैठकमा सांसद प्रेम सुवालले ;सत्तासिन दलहरुबीचको भागबन्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ?' भनेर प्रश्न गरेका थिए ।