झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित

काठमाडौं । सरकारले गठबन्धनमा आवद्ध दलका नेता र तीनका परिवारलाई संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । कतिपय मरणोपरान्त विभूषित भएका छन् । सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । […]