२० जिल्लामा काँग्रेस अधिवेशन अनिश्चित, एक हजार ७५० प्रतिनिधि चयनमा अवरोध

 नेपाली काँग्रेसको स्थानीय अधिवेशन केही जिल्लामा प्रभावित हुने भएको छ । भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २४ गतेसम्म २० जिल्लामा अधिवेशनबारे अन्यौल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।यस्तै बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कै

सम्बन्धित सामग्री

प्रदेश १ मा काँग्रेस अधिवेशन : १ हजार ७ सय ५३ मत खस्यो

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो । मतदानमा एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।  प्रदेश १ मा एक हजार आठ सय पाँच जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने थापाले जानकारी दिए ।प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन्

गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदा

काँग्रेस अधिवेशन : १० हजार कार्यकर्ताको ऱ्याली

नेपाली काँग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजार जना नेता कार्यकर्ताले हेटौंडामा ¥याली निकाल्ने भएका छन् । प्रदेश अधिवेशनलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ । समारोहका लागि हेटौंडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)मा करिब १० हजार जना नेता कार्यकर्ताहरु ऱ्यालीसहित पुग्ने नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालय संयोजक प्रदिप कोइरालाले जानकारी दिए । अधिवेशन आयोजनास्थलमा ¥याली पुगे

काँग्रेस अधिवेशन : चितवनका ७ पालिकामा को-को चुनिए सभापति ?

नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत चितवनका पालिकाहरुमा संस्थापन इतर पक्षको उपस्थिति बलियो देखिएको छ । जिल्लाका सातवटा पालिकामध्ये दुई वटा पालिकामा मात्र देउवा पक्ष विजयी भएको छ ।भरतपुरमा चित्रसेन निर्वाचितचितवनको भरतपुर महानगरपालिकाको नेपाली काँग्रेसको सभापतिमा चित्रसेन अधिकारी चयन भएका छन् । उनी भरतपुर महानगरपालिका–२१ का वडाध्यक्ष हुन् ।अधिवेशनमा खसेको एक हजार ४६६ मतमध्ये उनले ६४९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी भरत अधिकारीले ५४६ प्राप्त गरे । नवनिर्वाचित सभापति चित्रस

काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३

काभ्रेमा काँग्रेस अधिवेशन : १९ हजार जनाले १३५ वडा सभापति छान्दै

नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् । हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेको अवस्थामा निर्वाचनको एक दिन अघिसम्म कुनै वडामा भने सभापति सर्वसम्मत हुन सकेको छैन । मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए । उनले वडा

मोरङमा काँग्रेस अधिवेशन सारियो

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ । वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।    उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा  १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए । जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान स