२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

काठमाण्डौ - बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ  ।  राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो ।  सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रि...

सम्बन्धित सामग्री

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २३ जना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट नेगेटिभ आएको  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।हाल अस्पतालमा २८ जनाको उपचार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भर्ना भएका १ हजार चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना निको भएर घर गइसकेका छन् ।  यस्तै  कोरोनाका कारण हाल सम्म १ सय ८५ जनाको म

सिमामा अलपत्र ४४६ नेपाली मजदुरको उद्दार

जारी लकडाउनका कारण सीमा नाका बन्द हुँदा अलपत्र साढे ४ सय नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा मजदुरी गरेर फर्किंदै गरेका कर्णालीका २ सय सहित अन्य प्रदेशका गरी भारतको नानपारामा अलपत्र ४ सय ४६ जनाको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय, कर्णाली प्रदेश सरकार तथा सम्बन्धीत सबै जिल्ला प्रशासनको समन्वयमा सिमामा अलपत्र मजदुरहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । करिब ४५ दिन देखि नानपारामा कष्टकर जीवन बिताइरहेका उनिहरुलाई नेपालगन्जबाट आरडिटि चेकजाँच गरेर शुक्रबार नै उद्धार गरिएको छ । नानपारामा अलपत्र परेका नेपाली मजदुरमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका रहेका छन् । नेपाली एकता समाजको तथ्यांक अनुसार दैलेखका ३६, कालिकोटका ६, जुम्लाका २८ र सुर्खेतका ६ लगायत कर्णालीका २ सय जना कर्णालीका मजदुर सिमानामा अलपत्र थिए । त्यस्तै प्रदेश नं.१ को एकजना, प्रदेश नं.२ का हरिबहादुर नामका एकजना, प्रदेश नं. ३ का चित्र बहादुर तामाङ एकजना, प्रदेश नं. ४ का विष्णु पौडेल सहित ४ जना, प्रदेश नं. ५ का ४४ जना र ७ प्रदेश नं. ७ का नर बहादुर साहुद सहित ४ जना लगायत अन्य सबै गरी सिमामा अलपत्र साढे ४ सयको मजदुरको सबै प्रदेश सरकारले आफ्ना नागरिकलाई उद्धार गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको बताइन् । जिल्लामा पुग्ने २८ जनालाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ । उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । ११ सय १२ जना क्वारेन्टाइनबाट घर फर्किए कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विगत चैत ११ गते यता देश लकडाउनमा छ । जारी लकडाउन बीच भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट ११ हजार ३६ जना नागरिक जुम्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएर क्वारेन्टाईन बसेका मध्ये हालसम्म एक हजार एक सय १२ जना १४ दिन पुरा गरी घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयद्धारा नियमित सार्वजानिक हुने प्रतिबेदन अनुसार शुक्रबार सम्म एक हजार एक सय १२ जना जना घर फर्किएका हुन् । एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका चार सय ६ बेडको क्वारेन्टाईनमा अहिले ९ जना मात्रै बसेका छन् । जसमा तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र पातारासी गाउँपालिकाको क्वारेन्टाईनमा ३ जना गरी ९ जना मात्रै जुम्लामा क्वारेन्टाईनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । क्वारेन्टाईन बसी १४ दिन पुरा भएकाहरुको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । जुम्लामा हालसम्म एक हजार दुई सय ६३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण तथा दुई सय ६१ जनाको आरडिटी चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गएको आईतबार जुम्लामा मेडिकल मार्च नै संचालन गरी एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको थियो ।

ताप्लेजुङमा २ सय ४७ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म २ सय ४७ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले सम्मको कोरोना नियन्त्रण तथा व्यवस्थापनको प्रगति बिवरण सार्वजनिक गरेका हुन् ।

भक्तपुरमा २ सय ६६ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ' : चार जनाको रिपोर्ट आउन बाँकी

भक्तपुर - भक्तपुरमा भएको कोरोना संक्रमणको नमुना परीक्षणमा २ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  भक्तपुरको अस्पतालमा भएको नमुना संकलनमा विदेशबाट आएका २ सय ६६ सहित २ सय ७० जनाको नमुना संकलन गरिएकोमा चार जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ ।  भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा ग...

सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

काठमाण्डौ - काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाको र्यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परी...

सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।