श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले १४ दिन मात्रै सिंगापुर बस्न पाउने

सिंगापुर, ५ साउन । सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ । जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको  सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप […]

सम्बन्धित सामग्री

गोटाबाया राजापाक्षेलाई राहत : सिंगापुर सरकारले दियो थप १४ दिन बस्ने अनुमति

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर सरकारले थप १४ दिनको भिजिट भिसाको म्याद थपिदिएर ठूलो राहत दिएको छ ।  यसअघि पनि उनलाई १४ दिनकै निजी भिजिट भिसा दिइएको थियो, जसको म्याद भोली अर्थात जुलाई २८ गते बिहीबार सकिँदै थियो । अहिले थपिएको म्याद सकिएपछि राजापाक्षेले कुन देशको शरण लेलान् भन्ने प्रश्न उठिरहेको छ ।  उता श्रीलंकाको उनको पार्टीका प्रवक्ताले पूर्वराष्ट्रपति छिट्टै स्वदेश फर्किने र उनलाई भगौडा भन्न नहुने बताइरहेका छन् । कहाँ जालान् गोटबाया ? राजापा