मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण

जुमान सिंह केसी, प्युठान । मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । मल्लरानी गाउँपालिका प्युठानले स्थानीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको निर्णय अनुसार वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न भएको छ । गाउँ पालिकामा अपाङ्गता परिचयपत्रको लागि आउँदा अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो र खर्चिलो हुने भएकोले स्थानीय स्तरमा सहज तरिकाले सेवा दिएको गाउँपालिका उपाध्याय सरिता जिसिले बताउनु भयो । अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार चार भागमा वर्गीकरण गरिएको र सोही अनुसार ब्यक्तिको अवस्था तथा गम्भीरताको पहिचान गरि परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनु भयो । २०७७ साल पौष १९ गतेदेखि २५ गते एक हप्तासम्म शिविर संचालन गरिएको हो । अपाङ्गताको अबस्था अनुसार पूर्ण अशक्त, अति अशक्त, मध्यम र सामन्य अपाङ्गता गरि चार भागमा वर्गीकरण गरिएको छ । शिविरमा वाडा कार्यालयमा मात्रै नभई विभिन्न टोलमा पुगि सेवा दिएको र कतिपय त्यहाँसम्म आउनै नसक्ने अशक्त अपाङ्गता भएका ब्यक्तिको घरमा पुगि सेवा प्रदान गरिएको महिला बालबालिका शखाका रेवती न्यौपानेले बताउनु भयो । उक्त शिविर बाट क वर्गका ५, ख वर्गका २८, ग वर्गका ३३ घ वर्गका १८ गरि जम्मा ८८ जनालाई वितरण गरिएको हो । जसमा महिला ३५ पुरुष ४९ रहेका छन् । एक हप्तासम्म गाउँमा संचालित शिविरमा गाउँपालिका उपाध्यक्ष सरिता जिसि, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, प्राथमिक स्वास्थ केन्द्रका डा. विक्रम थापा, महिला बालबालिका शाखाका रेवती न्यौपाने र वडा स्तरका जनप्रतिनिधि कर्मचारीको उपस्थितिमा शिविर संचालन भएको हो ।

सम्बन्धित सामग्री

घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।  शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए […]