हुम्लाका लागि खाद्यान्न ढुवानी पुनः सुरु

सिमकोट– खाद्य समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यन्न ढुवानी पुनः सुरु भएको छ। ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगंजबाट ढुवानी सुरु गरेको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गो एयर प्रालिले सीता एयरलाइन्सबाट ढुवानी सुरु […]

सम्बन्धित सामग्री

खाद्यान्न ढुवानी नहुँदा दशैँमा चामल अभाव

हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो ।

लिमिटेडद्वारा हुम्लाका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न निर्धारण

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष हुम्लामा खाद्यान्न बिक्री गर्दै आएका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न कोटा निर्धारण गरेको छ। ती सबैका लागि २३ हजार क्विन्टल खाद्यान्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ। लिमिटेडले यो खाद्यान्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो। […]

कर्णाली पार गर्न तुइनबाटै खाद्यान्न ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाटै खाद्यान्न ढुवानी गर्दै आएको छ । कर्णाली नदी माथि पुुल नभएपछि नयाँ तुुइन निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुुसार जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिका जाेड्ने सलीसल्लास्थित कर्णाली नदीमा तुुइनबाट ढुवानी हुँदै आएको हो ।

ढुवानी गर्ने व्यवस्था नहुँदा हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न

चैत ३०, हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्‍याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो । यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जानकारी दिएको छ ।  सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ । रासस

खाद्यान्न ढुवानी पुनः सुरू

खाद्यान्न समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पुनः सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट ढुवानी सुरु गरेको हो ।

हुम्लाका उत्तरी क्षेत्रमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका २ वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएप...

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]

लिमीमा आइतबारबाट खाद्यान्न ढुवानी

हुम्लाको नाम्खा गाउँपालिकामा आइतबारदेखि चीनले दिएको राहतको खाद्यान्न ढुवानी हुने भएको छ । रक्षा मन्त्रालयले आइतबार हेलिकोप्टर पठाउने प्रतिबद्धता जनाएसँगै ढुवानी हुने सम्भावना बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सेनाको हेलिकोप्टर आइतबार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सीधै लिमीमा ढुवानी गर्छौं ।’

खाद्यान्न ढुवानी गर्न हुम्लामा हवाई उडान पुन: शुरु

वैशाख २४, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधवारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।  केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो ।  जिल्लामा उडान गर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।  गत सोमवार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो । एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ ।   सीताका तीन उडान निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान गरेको छ ।  जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान गरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिए । रासस