काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज मङ्गलवार अस्पतालबाट डिस्चार्ज भएकी छन्। कोरोना सङ्क्रमण भइ त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ बजेर ४५ मिनेटमा डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।