त्रिशूली जलविद्युत कम्पनीको बाँकि आईपिओ असोज ४ देखि, १ लाख ५४ हजारले मात्र आवेदन दिन पाउने

माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । यस बारे कम्पनीले आज आह्वानपत्र सार्वजनिक गरेको छ ।  रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमा मै प्रति कित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा  आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र  बोर्डले आश्वा शुल्क छुट दिएको छ  । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध–सञ्चालक गौतमले भने । सो समयमा आईपिओ निष्काशन हुँदा ६७ जनाको आवेदन रद्द भई  १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र शेयर पाएका थिए। अहिले तिनै   १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र बाँकि रकम भुक्तानी गर्न पाउने छन् ।  त्यस समय १ लाख ५४ हजार ५ सय ५९ आवेदकले २० कित्ता शेयर पाएका थिए भने गोलाप्रथाबाट ५० हजार २ सय ६७ आवेदकले थप १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा ५० हजार २ सय ६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २ सय ९२ आवेदकले २० कित्ता शेयर पाएका थिए।  १९ जनाले दोहोरो आवेदन गरेका कारण, ३८ वटा आवेदन र संस्थागत आवेदन परेकोले २९ वटा गरी कुल ६७ वटा आवेदन रद्ध भएको थियो ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए। त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।  आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो । आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका Shuifa ANHE Group Co.Ltd, China सँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

सम्बन्धित सामग्री

गोरखामा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजना बन्दै

६ चैत, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-१ बुटारमा सुपर त्रिशुली जलबिद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालिएको उक्त आयोजना १०० मेगावाट क्षमताको रहने प्रालिका निर्देशक निरन्जन रेग्मीले बताए । निर्देशक रेग्मीका अनुसार काठमाडौंको सीई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढाइएको हो । ‘सिभिल […]

त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार सुरु

२६ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरिएको छ । करिब ७५ करोड रुपैयाँ अनुमानित […]

त्रिशूली जलविद्युत कम्पनीमा सेयरबापतको रकम चुक्ता गर्न ७८ हजारले दिए आवेदन

काठमाडौँ- त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झन्डै ७८ हजारले […]

त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निस्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निस्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले

त्रिशूली जलविद्युतको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

काठमाडौँ – रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ। रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता […]

त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

काठमाडौं – नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ ।  नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । बुधबार साँझ आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणका ...

त्रिशूली जलविद्युत गृहमा आगलागी : विद्युत उत्पादन ठप्प

नुवाकोट – त्रिशूली जलविद्युत आयोजनाको विद्युत गृहमा आगलागी भएको छ । दिउँसो साढे १२ बजेतिर विद्युत गृहभित्रको ब्रेकरबाट आगो लाग्न शुरु भएको र आगो फैलिएको आयोजनाका इञ्जिनियर गुञ्जमान तामाङले बताउनुभयो । १६ वटामध्ये ४ वटा ब्रेकर र केही उपकरणमा क्षति भएको उहाँको भनाई छ । आगोलागी झण्डै ४ घण्टापछि पूर्ण रुपमा नियन्त्रणम...

त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार र आधुनिकीकरण गरिँदै

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।