राष्ट्रिय महिला लिग फुटबल बिहीबार देखि चितवनमा सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा विभागीय टोली साविक विजेता एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भरतपुर महानगरपालिकाको सहकार्यमा लिगका पहिलो चरणका खेलहरु चितवनमा सञ्चालन गर्न लागेको हो ।