काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिबिएल) २०२५ खेल्ने भएका छन् । यस पटक उनलाई राजशाही वारियर्सले आफ्नो टोलीमा समेटेको छ। राजशाही वारियर्सले सन्दीपको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘नेपाल अब केवल दर्शकको भूमिका मात्रै निर्वाह गर्ने छैन, यो प्रतियोगिताको एक हिस्सा हुनेछ।’ सिजनको शुरुआत पुस ११ देखि हुनेछ । […]