जनकपुरमा व्यवस्थित बनाइँदै ई-रिक्सा

जनकपुर। अव्यवस्थित रूपमा सञ्चालन भइरहेको ई-रिक्सालाई जनकपुर उपमहानगरपालिकाले व्यवस्थित बनाउने भएको छ। उपमहानगरमा तथा यातायात कार्यालयमा पनि दर्ता भएका ई-रिक्साहरु नगर क्षेत्रभित्रै चल्न थालेपछि घण्टौँको जाम हुने अवस्था छ। ई-रिक्साको अत्याधिक चापसँगै नगरको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त देखिएको छ। अझ ई-रिक्साको पार्किङजस्ता समस्याले नगर क्षेत्र अस्तव्यस्त देखिएको जनकपुर ३ का रञ्जित साह बताउँछन्। नगरमा अत्याधिक ई-रिक्सा […]