बौद्धिक सम्पत्ति दर्ता गर्न उद्योग मन्त्रालयद्वारा आह्वान

पुस २८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई बौद्धिक सम्पत्ति दर्ताका लागि आह्वान गरेको छ । मन्त्रालयले आव २०७८/ ७९को वार्षिक कार्यक्रममा  ती उद्योगहरुको उत्पादनहरुको बौद्धिक सम्पतिमा पहुँच र दर्ता सहयोग कार्यक्रम रहेको भन्दै आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ता गर्न भनेको छ । मन्त्रालयले यसका लागि १५ दिन भित्र सम्पर्क गर्न त्यस्ता उद्योगहरुलाई आग्रह पनि गरेको छ । पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार त्यस्ता उद्योग वस्तु तथा सेवाको बौद्धिक सम्पत्ति दर्ता सहयोग लिन इच्छुकलाई मन्त्रालयले सहजीकरण तथा सहयोग उपलब्ध गराउने छ । आवेदन दिएका मध्ये चालू आर्थिक वर्षमा २० ओटालाई छनोट गरेर यस्तो सुविधा उपलब्ध गराउने पनि मन्त्रालयले बताएको छ । बौद्धिक सम्पत्तिको कानूनी संरक्षणका लागि हाल मुलुकमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छन् । यो पनि हेर्नुस् : बौद्धिक सम्पत्ति अधिकार कार्यान्वयन र चुनौती

सम्बन्धित सामग्री

ट्रेडमार्क बढ्दा डिजाइन र प्याटेन्ट दर्ता निराशाजनक

बौद्धिक सम्पत्ति दर्ता तथा संरक्षणका दृष्टिले गत आर्थिक वर्ष २०७८/०७९ उत्साहजनक रहन सकेन । बौद्धिक सम्पत्तिअन्तर्गत ट्रेडमार्क दर्तामा बढोत्तरी देखिए पनि डिजाइन र प्याटेन्ट दर्ता भने अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ । बौद्धिक सम्पत्ति संरक्षणमा व्यवसायी तथा सरकारको उपेक्षाका कारण यस क्षेत्रको अवस्था निराशाजनक देखिएको हो ।उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ट्रेडमार्क दर्तामा […]

लघु घरेलु उद्योगको बौद्धिक सम्पत्ति निशुल्क दर्ता हुने

सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको निशुल्क बौद्धिक सम्पत्ति दर्ता गर्ने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लघु, घरेलु, साना तथा मझौला उद्योगका उत्पादनहरुको बौद्धिक सम्पत्तिमा पहुँच र दर्तामा सहयोग’ कार्यक्रम अन्तर्गत बौद्धिक सम्पत्ति निशुल्क दर्ता गर्ने भएको हो । मन्त्रालयको वार्षिक कार्यक्रममा यससम्बन्धी योजना समावेश भएको र हाल कार्यान्वयन गर्न लागिएको मन्त्रालयले […]

परम्परागत औषधोपचारको बौद्धिक सम्पत्ति दर्ता - Karobar National Economic Daily

अहिलेको आधुनिक औषधोपचार पद्धतिमा झारफुक, तन्त्रमन्त्र वा परम्परागत औषधि चिकित्सालाई अविश्वासको नजरले हेरिँदै आइए पनि दशकौंदेखि कायम रहँदै आएको यस्तो उपचार पद्धतिबारे नेपालभित्र मात्र होइन, विश्वभरि नै विश्वास गरिन्छ ।…