थारुहरुको छुट्टै गठबन्धनको तयारी, चुनावपछि नयाँ पार्टी घोषणा

आफूहरुको उठाएका माग सम्बोधन नभएको भन्दै थारुहरुको केही संगठन एकजुट हुने भएका छन् । काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपालगायतका दलले आफूहरुको माग पुरा नगरेको भन्दै उनीहरुले स्थानीय तह निर्वाचनको मुखमा छुट्टै गठबन्धनको तयारी थालेका हुन् । यो अभियानमा रेशम चौधरीको पार्टीसमेत संलग्न रहेको बताइएको छ ।उनीहरुको विभिन्न चरणमा बसेको बैठकले थारु समुदायहरुको विभिन्न संगठन तथा विभिन्न पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने सैद्धान्तिक सहमति गरिरहेको टीकापुर राजबन्दी रिहाई अभियानका संयोजक सुरेन्द्र चौधरीले बता