सर्वदलीय बैठकमा एमसीसी बहस, जसपा र कांग्रेस पास गर्ने पक्षमा, एस र माओवादीकाे विराेध

काठमाडौं । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि सत्ता गठबन्धनका नेताहरुले नै बिरोध गरेका हुन् । बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले […] The post सर्वदलीय बैठकमा एमसीसी बहस, जसपा र कांग्रेस पास गर्ने पक्षमा, एस र माओवादीकाे विराेध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमसीसीबारे जसपाले आज निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ । जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् । यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष एमसीसी पास गराउनु […]

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो। प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल…

जसपा पनि एमसीसीको पक्षमा !

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति समर्थन जनाउनु रहेको बताए । उनले भने, ‘संसदमा एमसीसी टेबल गर्नका लागि जसपाले समर्थन जनाएको हो, अब त्यसलाई पास गराउन पनि सहयोग गर्नुपर्छ ।’ एमसीसी नेपालको हितमा रहेको र नेपालमा हुने विकासलाई कसैले पनि अवरुद्ध गर्न नहुने तर्क गर्दै

एमसीसी रोकिन्छ कि गठबन्धन टुट्छ ?

काठमाडौं, ५ फागुन । अब सत्ता गठबन्धन टुट्छ या एमसीसी रोकिन्छ । राजनीतिक घटनाक्रमले त्यही देखाइरहेको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेसबाहेकको तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसीको विरोधमा छन् । उनीहरु कुनैपनि हालतमा एमसीसी पास नगर्ने पक्षमा उभिएका छन् । जसपा एमसीसीबारे विभाजित छ । अब एमसीसी […]

गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव उपस्थित नहुने

सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षा विपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज स

भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने

काठमाडौँ– एमसीसीको विषयमा सहमति जुटाउन बुधबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ । तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् । एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ । बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत […]

एससीसी पास गराउन ठाकुरसँग देउवाको आग्रह

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । प्रतिउत्तरमा जसपा अध्यक्ष ठाकुरले आफूहरू सकारात्मक रहे पनि एससीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएको स्रोतले जनाएको छ । […]

आलटाल नगरी एमसीसी पास गर्न बाबुराम भट्टराईको आह्वान

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्न आह्वान गरेका छन् । सत्ता साझेदार समेत रहेको जसपा नेता भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्नु पर्ने र यसबारे सबै मिलेर बुझाउनु पर्ने बताएका हुन्  ।एमसीसी पास गर्ने बहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुने उनले बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् ' एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!'पछिल्लो समय सत्ता गठबन्धनमा रहेका शिर्ष नेतृत्वबीच एमसीसी पास गर्ने सहमति भएको चर्चा चलेको छ  । आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सहमति भएको बताईएको छ  । तर माओवादी केन्द्रका नेता नारायाणकाजि श्रेष्ठले भने एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा सत्य नभएको बताएका छन् । माओवादी केन्द्र यथास्थितिमा त्यसको पक्षमा नरहेको उनले प्रष्ट पारेका छन् । साथै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले  एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर नभएको पनि बताएका छन् । उनले भनेका छन् 'कुनै भ्रममा नपरौं ; प्रम देउवाले एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन। गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ , साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।'

एमसीसी पास गरौँ, यही बहानामा गठबन्धन नटुटोस् : बाबुराम भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्। आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्। MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी […]

एमसीसी पास गरौं, देश कंगाल हुनबाट जोगाऔँ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्।  मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्।  यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ। गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन्।