काठमाडौँ। मधेस पूर्वसभामुख रामचन्द्र मण्डलले प्रदेश सांसदको पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएपछि मण्डलले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन्। उनले सोमबार सभामुख रामआशिष यादवलाई राजीनामा पत्र बुझाए। उनी आगामी २१ फागुनमा हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नेछन्।
काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत २०८२ माघ २ गते कांग्रेस पार्टीसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध २०८२ माघ ४ गते सर्वोच्च अदालतमा दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको बताएका छन् । […]
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को हिरासतमा दुई आप्रवासीको मृत्यु भएको छ । आइसका अनुसार मिनियापोलिसमा पक्राउ परेका ३६ वर्षीय निकारागुवाका नागरिक भिक्टर म्यानुएल डियाजको टेक्सासको एल पासोस्थित क्याम्प ईस्ट मोंटानामा बुधबार मृत्यु भएको हो। सुरक्षा कर्मचारीहरूले उनलाई आफ्नै कोठामा बेहोस अवस्थामा फेला पारेका थिए। आपतकालीन चिकित्सक टोलीले जीवन बचाउने प्रयास गरे पनि दिउँसो […]