जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्छ: मन्त्री भुषाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छिन् । आज आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताईन्।उनले भनिन् , “जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका वस्तीहरूमा उच्चतम देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपहरूका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत आयोजनामा समेत निकै असर परेको छ ।” मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताईन् । उनले भनिन्, “जलवायु परिवर्तनका असर बढाउने मुलुकहरूले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।”जलविद्युत आयोजनाहरू गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाहरूको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताईन्। जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाईन्।जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन् , “पूर्व सूचना प्रणालीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास लिएकी छु । साथै, पूर्व सूचना प्रणाली स्थापना गर्ने कार्य अन्य जलविद्युत आयोजनाहरूले समेत अवलम्बन गरेको खण्डमा, सोबाट आयोजनाका साथै स्थानीय समूदायलगायत सबैलाई फाइदा पुग्नेछ ।”सो अवसरमा मन्त्री भुसालले उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युतको दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिईन्।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : शौचालय नहुँदा अर्थतन्त्रमा असर

एशियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा शौचालयको अभाव तथा सरसफाइसम्बन्धी गलत आनीबानीका कारण वर्षेनि ५४ अर्ब अमेरिकी डलर नोक्सानी हुने गरेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार औसत आयु नपुग्दै हुने मृत्यु, बिरामीको उपचार, समय र उत्पादनशीलताको बर्बादी र पर्यटन क्षेत्रबाट प्राप्त हुने राजस्व क्षतिसमेत जोड्दा भारतको अर्थव्यवस्थामा त्यति नोक्सान भएको अनुमान गरिएको हो । दक्षिण एशियाका लागि बैंकका प्रमुख क्रिष्टोफर हुआनकोष्टेनले सरसफाइप्रतिको बेवास्ताका कारण दशकौंदेखि भारतको अर्थव्यवस्था प्रभावित हुंदै आएको बताए । कमजोर जनस्वास्थ्य र सरसफाइबाट सर्वाधिक बालबालिका र गरीब परिवार प्रभावित भएको उनले उल्लेख गरे । वर्ष ६, अंक ९६, आइतवार, ११ पुस, २०६७

अर्थतन्त्रमा असर पर्ने चिन्ता

विगत केही समययता कोरोना संक्रमण बढ्न थालेपछि लयमा फर्कन थालेको आर्थिक गतिविधिमा पुनः असर गर्ने संकेत देखिएको छ । कोरोना संक्रमण बढेर आम मानिसको दैनिकीमा प्रभाव पर्ने सम्भावना देखिएपछि सरकारले संक्रमण बढ्न नदिन प्रतिकार्य सुरु गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना […]

कोभिड संक्रमण बढ्दै, अर्थतन्त्रमा असर पर्ने चिन्ता

काठमाडौं । विगत केही समययता कोरोना संक्रमण बढ्न थालेपछि लयमा फर्कन थालेको आर्थिक गतिविधिमा पुन: असर गर्ने संकेत देखिएको छ । कोरोना संक्रमण बढेर आम मानिसको दैनिकीमा प्रभाव पार्ने सम्भावना देखिएपछि सरकारले संक्रमण बढ्न नदिन प्रतिकार्य सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्ने र जनस्वास्थ्का मापदण्ड […]

रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका लागि […]

'बढ्दै गएको मूल्यका कारण सर्वसाधारण र मुलुकको अर्थतन्त्रमा असर'

वामदेव गौतमले सीमावर्ती भारतीय बजारमा इन्धनको तस्करी भइरहेको भन्ने सम्बन्धमा जनगुनासो आएकोले सो बारे तत्काल अध्ययन र छानबिन गर्न नेपाल आयाल निगमलाई निर्देशन दिए।...

सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा अर्थतन्त्रमा असर पर्‍यो : अर्थमन्त्री

१६ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा त्यसको असर अर्थतन्त्रमा परिरहेको बताएका छन् । आइतबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थविद्हरुसँग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् । संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नभएको र सरकार परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने परिपाटीले अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको उनले […]

जलवायु परिवर्तनले राष्ट्रिय अर्थतन्त्रमा असर

डा. माधव अधिकारी वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभावित भई मानव बाँच्ने आधार संख्याहरु नष्ट हुँदै गएको छ । यसको धेरै असर महिला, वृद्ध र बालबालिकाहरुमा परेको छ । संसारभर जलवायु परिवर्तनका कारण बसाइँ सर्नेमध्ये ८० प्रतिशत महिला छन् । नेपालमा पनि विभिन्न अप्ठ्यारामा असमानुपातिक हिसाबले बढी […]

बैंकको ब्याजदरमा प्रतिस्पर्धाले अर्थतन्त्रमा असर

अर्थतन्त्र चलायमान हुन थाल्दै गर्दा बजारमा बैंक तथा वित्तीय संस्थाबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ । कात्तिक महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेसँगै सोमबारदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन् । यसरी ब्याजदर वृद्धिमा प्रतिस्पर्धा हुँदा अर्थतन्त्रमा त्यसको प्रभावका बारेमा राष्ट्र बैंकले केही बोलेको […]

वैदेशिक रोजगारीमा आएको संकटले अर्थतन्त्रमा असर

नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स कोरोना कहरका कारण घट्ने प्रक्षेपण गरिँदै आए पनि हालसम्म तुलनात्मक रूपमा घटेको छैन । केही महिना रेमिट्यान्स आयको वृद्धिदरमा भने कमी आएको भए तापनि रेमिट्यान्स आय नघट्दा अर्थतन्त्रलाई तत्काल नकारात्मक असर परिहालेको छैन । तर, गत वर्षको चैत ११ देखि हालसम्मको पछिल्ला १६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या निरन्तर […]