चिलिमे-त्रिशूली प्रसारण आयोजनाको प्रगतिमा इयू टोली सन्तुष्ट

युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । आयोजनाको प्रगति विवरणबाट निरीक्षण टोली सन्तुष्ट रहेको बताइएको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको …