वैदेशिक रोजगारीको पीडा :  दशैँमा १० नेपाली फर्किए बाकसमा

काठमाडौं :  रोजगारीको  सिलसिलामा वर्षौँ  विदेशमा रहेर बडादशैँका अवसरमा स्वदेश फर्किने नेपालीको संख्या उल्लेख्य थियो। अर्कातिर रोजीरोटीका लागि विदाइका हाल हल्लाउनेको लर्काे पनि कम थिएन। रोजगारीका लागि जाने र दशैँ मनाउनका लागि स्वदेश फर्किनेको लर्काेका बिचमा रातो बाकस देखियो। विमानस्थलको प्रस्थान द्वार नजिकै रहेको त्यो बाकसमा धन कमाउने सपना बोकेर साउदी पुगेका महमत अलिफको चिसो शरीर थियो।बाकसलाई डोरीले बाँधेर सम्बन्धित जिल्ला पुर्‍याउने तयारी भइरहेको थियो। शवको