काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दबाब झेल्न नसकेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गरेको बताएका छन्। उनले बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले अमेरिकी दबाब झेल्न नसकेको बताएका हुन्।खनालले भने, ‘गठबन्धन बन्नुअघि पनि र गठबन्धनका वेलामा पनि हामीबीच यसबारे विवाद थियो। सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो। त्यो दबाब सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सक्नु भएन।'&nbs