कालीखोलामा सुक्खा पहिरो : नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा ठूलो  सुक्खा पहिरो गएको  छ। पहिरो गएसँगै नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति  करिब २:३० बजे सुक्खा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।पहिरो गएपछि बिहान ५ बजेदेखि चारवटा लोडरले पहिरो पन्छाउने कार्य भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए। थापाका अनुसार पहिरो ठूलो भएको पन्छाउन समय लाग्‍नेछ।

सम्बन्धित सामग्री

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन

चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११:४५ बजेपछि सञ्चालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा…

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन- पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रूपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरी पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे  छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सडकसुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज साँझ ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि…

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि बुधबार बिहान ९ बजेबाट अबरुद्ध सडक दुईतर्फिरुपमा सञ्चालनमा आएको हो ।  सोमबार राती ११ बजे देखि बन्द भएको सडक मंगलबार राती ९:४०...

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...

नारायणगढ- मुग्लिन सडकखण्ड दुवैतर्फ अबरुद्ध

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । बिहीबार सोहि सडकखण्डको जलबिरेमा पहिरो खसेपछि दुईतर्फि नै सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।   ...

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ । शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर रातिदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।यता, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको […]

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

२४ असार, चितवन । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । […]

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

१८ असार, काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । भरतपुरमहानगरपालिका-२९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुन: पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ।’ पहिरो […]