इलामको चिया बगानमा अनुगमन, विषादी घर ‘सिल’

मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिइ प्रयोग हुँदै आएको बगानको विषादी भण्डारण कक्षमा अनुमगन टोलीले सिल गरेको हो ।

सम्बन्धित सामग्री

खाद्य परीक्षण प्रयोगशालाको आवश्यकता

मोरङ व्यापार संघले सीमा नाका जोगवनीमा खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न भारतीय प्रतिनिधिसँग आग्रह गरेका छन् । खाद्य परीक्षण प्रयोगशाला र क्वारेन्टाइनको अभावमा नेपालबाट कृषि उपजको निर्यातमा समस्या भोगिरहेका व्यवसायीले भारतीय पक्षसँग यस्तो आग्रह गरेका हुन् । नेपालमै खाद्य परीक्षण प्रयोगशाला स्थापना भए र त्यसलाई भारतीय पक्षले मान्यता दिए आयात र निर्यात दुवैका लागि यसको प्रयोग गर्न सकिन्छ । भारतसँग नेपालको व्यापारघाटाको अन्तर निकै ठूलो छ । यसलाई कम गर्न नेपालले निर्यात बढाउन सक्नुपर्छ । नेपालबाट हुने निर्यातमा गैैरभन्सार अवरोध पनि प्रशस्त छन् । यसलाई हटाउन नेपालले भारतीय पक्षलाई बारम्बार अनुरोध गरेको छ । भारतले यस्तो अवरोध हटाउने बताए पनि व्यवहारत: कहिले खुला गर्ने र कहिले विभिन्न बहाना देखाएर त्यसलाई रोक्ने गरेको पाइन्छ । उदाहरणका लागि चिया निर्यातलाई नै लिन सकिन्छ । भारतमा चिया उत्पादन बढेको समयमा उसले विषादी र रासायनिक मलको बखेडा झिकेर चिया निर्यातमा अवरोध पुर्‍याउने गरेको छ । यस्तो प्रवृत्ति रोक्न नेपाल या भारतमा खाद्य परीक्षण प्रयोगशाला र क्वारेन्टाइन आवश्यक पर्छ । नेपालमा पनि यस्तो प्रयोगशाला आवश्यक हुन्छ । भारतबाट आयात गरिएको तरकारीमा विषादीको मात्रा अत्यधिक भएको अनुमान छ । त्यसो हुँदा परीक्षण गरेर मात्र आयात हुन दिन प्रयोगशाला अत्यावश्यक हुन्छ । व्यवसायीहरूले भारतीय पक्षसँग प्रयोगशालाका लागि आग्रह गर्नु उपयुक्त नै हो तर यसका लागि भारतका लागि नेपाली दूतावास र राजदूतको भूमिका बढी हुन्छ । गैरभन्सार अवरोध कम गर्न कूटनीतिक पहल अनिवार्य हुन्छ । नेपाली दूतावासले नेपालका व्यवसायीका समस्यालाई सम्बोधन गर्न कूटनीतिक चातुर्य देखाउन सक्रिय हुनुपर्छ । नेपालले भारतमा राजदूत नियुक्त गर्दा उच्च तहको व्यक्तिलाई पठाउने गर्छ । तर, राजदूतले आर्थिक क्षेत्रसँग सम्बद्ध समस्यालाई लिएर कमै पहल गरेको देखिन्छ । वास्तवमा राजदूतको काम सबैभन्दा बढी अर्थक्षेत्रका समस्यालाई समाधान गर्न पहल गर्नु हो । तर, दूतावासहरूले आर्थिक कूटनीतिको व्यापकता र महत्त्वलाई राम्ररी नबुझेको हो कि भन्ने देखिन्छ ।

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात […]

चियामा सम्भावना

बढ्दो उच्च आयातबाट अत्तालिएर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तर, निर्यातको सम्भावना उच्च भएका वस्तुको उचित प्रवद्र्धनका लागि भने काम गर्न सकेको छैन । यसको एउटा उदाहरण चिया हो । अन्य वस्तुको निर्यात घटेको तथ्यांकले देखाए पनि चियाको निर्यात भने कोरोनाकालमा समेत बढेको देखिन्छ । यूरोपमा निर्यात गर्न सकिने गुणस्तरीय चिया उत्पादन भएर पनि बजारीकरण गर्न नसक्दा अधिकांश निकासी भारततर्फ भइरहेको छ जसबाट नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि थपिन सक्छन् । नेपालमा चियाखेतीको विकासका लागि सरकारी स्तरबाट प्रयास भएको निकै भइसकेको छ । २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भई चियाखेतीको विस्तार गर्न थालेको देखिन्छ । २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चियाक्षेत्र घोषणा गरियो । २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । सरकारका तर्फबाट यी प्रयास भए पनि नेपालको भौगोलिक अवस्थिति र यहाँको हावापानीका कारण चियामा जति सम्भावना छ त्यति यो विस्तार हुन सकेको छैन । चियाको खेती र उत्पादन नबढेको होइन, निर्यात पनि नबढेको होइन तर नेपाली चियाको गुणस्तर अनुसार यसले जति मूल्य र बजार पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको आफ्नै केही कमजोरी कारण रहेका छन् । तीन वर्षको चिया निकासीको तथ्यांक केलाउँदा यसको निर्यात वृद्धिदर बढ्दो छ । २०७६/७७ मा २ अर्ब ७८ करोड निर्यात भएको चिया चालू आवको ९ महीनामा नै २ अर्ब ३६ करोड बराबरको निकासी भइसकेको छ । तर, निर्यातको ठूलो अंश भारततर्फ भएको छ । यूरोप निकासी हुँदा प्रतिकेजी १२/१३ सय रुपैयाँ मूल्य पाउन सक्ने चियाले भारतमा भने ३ सयको हाराहारीमा मात्रै मूल्य पाएको छ । त्यसैले यसलाई तेस्रो मुलुकमा निर्यात गर्न सरकारले विशेष प्रवद्र्धनात्मक नीति लिनुपर्ने देखिन्छ । नेपाली चिया उत्पादनमा गुणस्तर भए पनि यसमा विषादी प्रयोग गरिएको आरोप लागेको छ । त्यही भएर यूरोपमा राम्रोसँग निर्यात हुन नसकेको बताइन्छ । त्यसो त नेपाली चियालाई विश्वमा आफ्नै ब्रान्डमा चिनाउने प्रयास नभएको होइन । ‘नेपाल टी : क्वालिटी फ्रम द हिमालयाज’ ब्रान्डमा विक्री हुन थालेको छ । विश्वमा नेपाली चियालाई चिनाउन यो ब्रान्ड बनाइए पनि यसलाई स्थापित गराउन सकिएको छैन । यसलाई स्थापित गराउन नेपाली ब्रान्डलाई यूरोप र अमेरिकाले मान्यता दिनुपर्छ । यो मान्यता दिलाउन बोर्डले प्रयास गरे पनि सफल हुन सकेको छैन । बोर्डले पर्याप्त बजेटका अभावमा यो काम गर्न नसकेको देखिन्छ । नेपालले ब्रान्ड मान्यताका लागि दिएको निवेदन यूरोपेली संघले फिर्ता पठाएको छ जबकि नेपाली चियाको सम्भावित सबैभन्दा ठूलो बजार त्यही हो । अमेरिकामा पनि नेपाली ब्रान्डले मान्यता पाएको छैन । भारतले यसलाई मान्यता दिने बताएको छ तर भारतले दिने मान्यताले नेपाली चियालाई खासै फरक पर्ने देखिन्न । नेपाली चिया गुणस्तरीय भएकोमा विवाद छैन । भारतीय व्यवसायीले नेपाली चिया लगेर दार्जलिङ टीको ब्रान्डमा यूरोप पठाउने गरेका छन् भनिन्छ । नेपालको आफ्नै ब्रान्ड भए पनि त्यसले पहिचान बनाउन सकेको छैन । बोर्डले यूरोपको बजारमा यो ब्रान्डको प्रचारका लागि काम गर्न सकेको छैन । सामूहिक ब्रान्ड बनाए पनि ती देशमा दर्ता हुन नसकेकाले यसले काम गर्न नसकेको हो । त्यसैले ब्रान्डलाई स्थापित गराउन नेपालले ठूलै मेहनत गर्नुुपर्ने देखिन्छ । चिया टिप्ने र त्यसलाई प्रशोधन गर्ने तरिकाले पनि यसको मूल्यमा प्रभाव पार्छ । त्यसैले यसलाई आधुनिकीकरण गरिनुपर्छ । नेपाली अर्थोडक्स चियाले बढी मूल्य पाएकाले यस्तो चिया उत्पादनलाई बढी प्रोत्साहन दिनु आवश्यक छ । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनाको साथै रोजगारीका अवसर पनि थपिन सक्छन् ।

अवैध बाटोबाट विषादीयुक्त तरकारी, फलफूल र माछा नेपाल भित्रिँदै‚ प्रशासन मौन

झापा : भारतसँग जोडिएको झापाको सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिने गरेको पाइएको छ। भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ।तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको व्यापारीहरूको दाबी छ।मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७/१ नम्बरको सीमास्तम्भ, भद्रपुर– ५ गणेश मन्दिर पू

चियाको हरियो पत्ती समर्थन मूल्य तोक्न आग्रह

उत्पादन लागतभन्दा बिक्री मूल्य कम हुने भएपछि इलामका चिया किसानले हरियो पत्ती चियाको समर्थन मूल्य तोक्न आग्रह गरेका छन् । रासायनिक मल र विषादी प्रयोग बढ्दै गएकाले अर्गानिक चियाको भविष्य अन्योल हुँदै गएको भन्दै किसानले अर्गानिक र गुणस्तरीय चियाको समर्थन मूल्य सरकारले तोक्नुपर्ने बताएका हुन् ।

चियामा विषादी प्रयोग बढेपछि कडाइ

चियामा हानिकारक मानिएको विषादीको प्रयोग बढेपछि त्यसमा कडाइ गरिएको छ । विषादीयुक्त चिया निकासीमा समेत समस्या हुने गरेको छ । पश्चिमा देशमा उपभोक्ताले विषादी प्रयोग भएको चिया प्रयोग गर्न नमान्ने भएकाले पनि यसमा कडाइ गरिएको हो ।

कडा विषादी प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी घर सिलबन्दी

इलाम, साउन २४ । इलामको कन्यामस्थित कन्याम चिया कमानको विषादी घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिकासहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइएपछि विषादी घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो । विषादी प्रयोगको जनगुनासोका आधारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा […]

नेपालले विषादी परीक्षण गर्दा चिया निर्यातमा समस्या

इलाम । विषादी परीक्षणका नाममा भारतीय तरकारी  र फललफूल नेपाल छिर्ने नाकामा रोकिएपछि भारतीय पक्षले नेपाली चिया रोकेर त्यसको जवाफ फर्काएको छ ।    पूर्वी काँकडभिट्टा नाकाबाट अलि सहज भएको कृषि उपज निर्यातमा ...

सरकारले सुविधा नदिएको अर्ग्यानिक चिया किसानको गुनासो

धनकुटा : अर्ग्यानिक चिया किसानहरुलाई प्रोत्साहित गर्नेे बनेको सरकारी योजनाअनुसारको सुविधा नपाएको धनकुटाका किसानले गुनासो गर्न थालेका छन्। सरकारले आठ वर्षअघि अर्ग्यानिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्न सहुलियत ऋण दिने नीति ल्याएको थियो। सरकारको घोषणापछि  रासायनिक मल र विषादी प्रयोग छोडेर अर्ग्यानिक चिया उत्पादनतर्फ ...