बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । बुढानिलकण्ठ नगरपालिका-४ स्थित पासिकोट शिब मन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्यास सिलिन्डर पड्किएर शुक्रबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । यता, काभ्रेको पाँचखाल नगरपालिका-५ बस्ने देवराज बिकको माहालक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा फर्निचर मेशिन र फर्निचर लगायतका सामान पूर्णरुपमा जलेर करिब १ कर

सम्बन्धित सामग्री

हेटौँडास्थित होटलमा आगलागी, पाँच वटा ग्यास सिलिन्डर बिस्फोट

हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिकको होटेलमा आज दिउँसो आगलागी भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।  घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । प्रहरीले आगलागीबाट मानवीय क

काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी

काठमाडौँ । काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएकाे छ । रानीबन पानी ट्यांकी नजिकै रहेको कमश्वेर शर्मा शर्माकाे फर्निचर उद्योगमा आगलागी भएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले चार वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे जानकारी दिनुभयाे। उहाँका अनुसार उद्योगमा पूजा गर्दा बालेको धुपले सल्किएकाे आगोले उद्योगमा आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे […]

ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो । आगलागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।एकैसाथ तीन सिलिन्डर पड्केर आगलागी हुँदा

तनहुँमा ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी शुभेच्छा केसी क्षेत्री रहेकी छन् । ग्यास सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव […]

रसुवाको भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । भोर्लेका ५८ वर्षीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जाेड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उहाँकी ५० वर्षीया श्रीमती गोमा गोले घाइते हुनुभएको छ । घरमा आगलागी समेत भएको र क्षतिकाे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा...

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]

ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापामा तीन जना घाइते

काठमाण्डाै - झापाको अर्जुनधारा नगरपालिका–७ मा ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते भएका छन् । रोमनाथ खनालको घरमा हिजो बेलुका नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आगो लागेपछि रोमनाथ खनाल उहाँकी श्रीमती दुर्गा र छोरा पङ्कज घाइते भएका र उनीहरुको विराटनगरमा उपचार भइरहेको बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते

झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा हिजो (शनिबार) साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी […]