सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सिमकोट– दुर्गमको गाउँका एक जना बीमितका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ। दुई महिना अगाडि आफ्नै घरमा मृत्यु भएका बीमितका परिवारलाई सोमबार घरमै पुगेर कम्पनीले बीमाबापतको रकम भुक्तानी गरेको हो। उक्त भुक्तानी पाउनेमा हुम्लाको अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँका बिर्खराज बुमीका परिवार रहेका छन्। बिर्खराजको दुई महिनाअघि निधन भएको थियो। […]

सम्बन्धित सामग्री

प्रेमको परिवारलाई पचास लाख भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५० लाख हस्तान्तरण गरेको छ। कम्पनीको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको हो। बिर्तामोड शाखाका प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँको चेक हस्तान्तरण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनुभएका आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिनमै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ।