विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ । विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् । वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् । वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिका...

सम्बन्धित सामग्री