निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाइने

निर्वाचन प्रचार प्रसारको सिलसिलामा सरकारी कर्मचारी सहभागी हुन नपाउने भएका छन् । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको प्रचारमा सरकारी कर्मचारी  सहभागी हुन आयोगले रोक लगाएको हो । आयोगले मंगलबार जारी गरेको ६० बुँदे निर्देशनमा चुनावी प्रचारमा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने पनि उल्लेख गरिएको छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च  गर्न नहुने,   पच्चीस