काठमाडाैं । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । असार […]