सौराहामा यस्तो छ एमालेको बन्दसत्र स्थल (फोटो/भिडियो)

शम्भु दंगाल/गणेश दुलालचितवनको सौराहामा नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र कार्यक्रमका लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ११ र १२ गतेका लागि तय गरिएको बन्दसत्रका लागि सौराहाको होटल सेभेन स्टार बुक गरिएको छ । होटलको बाहिर रहेको झन्डै २ बिगाहा जमिनलाई सम्याएर अस्थायी हल निर्माणका लागि धमाधम काम भइरहेको छ ।मङ्सिर १० गते साँझ नारायणी नदी किनारमा उद्घाटन सकेपछि एमालेका नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरू सौराहा प्रस्थान गर्नेछन् । उनीहरूका लागि सौराहाका होटलमा ३५ सय बेड बुक गरिएको छ । पार्टीका स्