उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।