विवादमा अभिषेक बच्चनको 'बोब विस्वास'

बलिउड अभिनेता अभिषेक बच्चन यतिबेला फिल्म 'बोब विस्वास'को छायांकनमा ब्यस्त छन्। फिल्मको छायांकन कलकत्तास्थित रवीन्द्र सरोबरमा भइरहेको छ। यसैबीच छायांकनको क्रममा नै रहेको फिल्म विवादमा फसेको छ। फिल्म छायांकनका क्रममा नेशनल ग्रीन ट्रिब्युनलको आदेश उल्लंघन गरेको आरोप लागेपछि फिल्म विवादमा फसेको हो। ट्रिब्युनलले सरोबरमा प्लास्टिक प्रयोग गर्न प्रतिबन्ध लगाउँदै